ओलीले फेरि मन्त्रिपरिषद विस्तार गर्दै,यी हुन सम्भावित व्यक्ति

काठमाडौ जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । शुक्रबार मात्रै जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका प्रधानमन्त्री ओलीले फेरि केही मन्त्रीहरु थप्ने तयारी थालेका हुन्।

 

 

ओलीले माधवकुमार नेपाल पक्ष र माओवादी केन्द्रबाट आउनेहरुलाई समेट्ने गरि तयारी गरेको बुझिएको छ । अहिले पनि प्रधानमन्त्री अ‍ोली आफैले ७ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

 

 

बालुवाटार स्रोतका अनुसार तत्काल केही मन्त्री थप गरेर नेपाल पक्षबाट आउनेहरुका लागि केही बाँकी राख्ने योजना ओलीको छ ।

 

 

ओलीपक्षबाट मन्त्रीको दौडधुपमा महेश बस्नेत देखि विमला राईसम्म रहेका छन् । स्रोतका अनुसार खगराज अधिकारी, मोहन बानियाँ, नारदमुनि राना, आशा विश्वकर्मा, सुजिता शाक्यले आकांक्षा देखाएका छन् ।

 

 

ओलीसँग हाल गृह, रक्षा, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन,वन तथा वातावरण र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय छन्।