पोष्ट कोभिड भनेको के हो ? यी लक्षण देखा परेमा चिकित्सकसँग सल्लाह लिनुस्
काठमाडौं। कोभिड–१९ संक्रमणमुक्त भइसकेपछि पनि अलि अलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गईहाल्नु पर्दैन ।
शरीरमा यी पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ ।
यस्ता छन् लक्षणहरू
१-धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने
२-एकाएक रक्तचाप बढ्ने वा घट्ने
३-कालो ढुसीका लक्षणहरु देखिने
४-थोरै समय हिँड्दा पनि स्वाँ–स्वाँ हुने
४-निद्रा नलाग्ने, झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षणहरु देखा पर्ने
५-सास फेर्न धेरै गाह्रो हुने