आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,जेठ २६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरिएको छ।हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।