मन्त्रिपरिषद विस्तार गर्दै ओली, बादल पत्नी नैनकला सञ्चारमन्त्री
काठमाडौँ, जेठ २७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । हाल ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।
स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको जनाइएको छ ।
त्यस्तै, नारदमुनी राना, वनमन्त्री मोहन वानियाँ, विनाविभागीय, खगराज अधिकारी, गृहमन्त्री, ज्वालाकुमारी साह, कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक, वन राज्यमन्त्री हुने तयारी रहेको बताइएको छ । उनीहरुले आज ४ बजे शपथ ग्रहण गर्न लागेको जनाइएको छ।