जनमोर्चा सांसद थापाको पदमुक्त गर्ने निर्णय सर्वोच्चद्वारा सदर
काठमाडौै,जेठ ३१। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।
यसअघि जेठ २२ गतेको कामकाजमा रोक नलगाउने अन्तरिम आदेश दिएको थियो । सोमवार विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो।
अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए।
निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले निवेदकको माग बमोजिम आदेश खारेज गर्दै अन्तिम आदेश जारी गरेको हो।