कोरोना खोप दिने सहमित पछि ट्याङ्कर चालकको वरोध हट्यो

काठमाडौं,असार १। पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

 

 

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ।

 

 

उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ।

 

 

सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन्।

 

 

 

त्यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए।