यस्तो छ,देशका तीनवटै सुरक्षा निकायको विपद व्यवस्थापन गर्ने तयारी

काठमाडौं। मनसुन सुरु भएसँगै नेपालमा बाढी पहिरोको सम्भावना बढेको छ। हरेक मनसुनमा बाढी पहिरोबाट कयौं नेपाली नागरिकले ज्यान गुमाउनु परेको छ भने हजारौंको संख्यामा बाढी पहिरोबाट विस्थापित हुनुपरेको छ।

 

 

यसवर्य पनि करिब १८ लाख नेपाली नागरिक बाढी पहिरोको जोखिममा रहेका छन्। नेपालमा आइपर्ने विपद् व्यवस्थापनका लागि देशका तीन वटै सुरक्षा निकायले आ-आफ्नै हिसाबले तयारी गरेका छन्।

 

 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रवक्ताहरुले विपद् व्यवस्थापन तयारीबारे बताएका छन्।