झलनाथ खनाललाई देखिएको स्वास्थ्य समस्या के हो ?
काठमाडौं।नेकपा एमालेका नेता झलनाथ खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी भएको छ । केही दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको हो।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई प्रोस्टेट ग्रन्थी र मिर्गौला सम्बन्धी समस्या देखिएको छ।
दिल्लीको अपोलो अस्पतालमा खनालको उपचार हुने उनको सचिवालयले जनाएको छ। अपोलोमा खनालको नियमित उपचार हुँदै आएको छ।