नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,थप ३०८२ जना डिस्चार्ज,५२ जनाको मृत्यु
काठमाडौं। नेपालमा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।
आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्। ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।