अमेरिकासँग वार्ता र सङ्घर्ष गर्न उत्तर कोरिया तयार
काठमाडौं। अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने उत्तर कोरियाली नेता किम जोङ उनले बताएका छन्।
नेता किमले देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेपछि किमको यो पहिलो प्रतिक्रिया हो ।
सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि देश तयारी अवस्थामा रहने पनि बताए ।
उत्तर कोरियामा शान्तिपूर्ण वातावरण र सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनु आवश्यक भएको किमको भनाइ छ ।
उत्तर कोरियाले अमेरिकासँगको सम्बन्धलाई पर्ख र हेरको रुपमा हेरेको भए पनि पछिल्लो समयमा खाद्य सङ्कट चरम बन्दै गएपछि किमले सङ्घर्ष नचाहेर सम्बन्ध सहज बनाउनतर्फ ध्यान दिएको बीबीसीले जनाएको छ ।
खाद्य अभावका कारण अहिले उत्तर कोरियामा एक किलो स्याउको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको बताइएको छ ।
परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरस नियन्त्रणका लागि नाका बन्द गर्दा उत्तर कोरिया नराम्रोसँग सङ्कटमा फस्दै गएको छ ।