नेपालमा थप २,४०१ जनामा कोरोना संक्रमण पुष्टि,थप ३,६६० जना संक्रमणमुक्त,३४ जनाको मृत्यु
काठमाडौं ।नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाबाट थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार ३ हजार ६६० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।