‘पत्रिका बन्द गर्ने भनेर श्रमजीवीलाई झुक्याइयो’अब कानुनी संघर्षमा जाने चेतावनी

काठमाडौँ।अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले आफूले पाउनुपर्ने तलवभत्ता नपाएको गुनासो गरेका छन् । पीडित पत्रकारको शनिबार भर्चअल पत्रकार सम्मेलन गरेर पत्रिकाविरुद्ध कानुनी संघर्षमा जाने चेतावनी दिएका हुन् ।

 

 

अन्नपूर्ण पोस्ट्का पीडित पत्रकारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,अन्नपूर्ण मिडिया हाउसमा काम गर्ने कुनै पनि श्रमजीवी पत्रकारले २०७६ साल चैतयताको तलबभत्ता पाउन सकेका छैनन् ।

 

 

हाम्रो प्रेस पास नवीकरण भएको छैन । हाम्रो तलबभत्ताबाट काटिँदै आएको टी।डी।एस। कम्पनीको तर्फबाट सम्बन्धित कर कार्यालयमा दाखिला गरिएको छैन । तलबमानबाट कट्टा गरिएको सञ्चयकोषको रकम सञ्चयकोष खातामा जम्मा गरिएको छैन ।

 

 

सुरुमा तलबभत्ताको भुक्तानीको लागि लिखित अनुरोध पत्र बुझाउँदा पनि श्रमजीवी पत्रकारहरुलाई उपहारस्वरुप राजीनामाको लागि दबाब दिइएको पत्रकारहरूले विज्ञप्तिमा खुलाएका छन् । साथै पीडित पत्रकारहरूले पत्रिका बन्द गर्ने भनेर श्रमजीवीलाई झुक्याइएको आरोपसमेत लगाएका छन् ।

 

 

‘पृष्ठभूमिमा पत्रिका बन्द गर्ने सूचना मौखिक रुपमा दिइयो । त्यसलगत्तै २०७७ फागुन २५ गते अन्नपूर्ण मिडिया हाउसका सी.ई.ओ. मानस घिमिरेमार्फत पत्रिका बन्द गर्न लागेकाले सम्पूर्ण श्रमजीवीहरुलाई राजीनामा दिन पुनः दबाब दिइयो’, विज्ञप्तिमा भनिएको छ,‘त्यस समय सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डककमका सम्पादक विष्णु सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो ।

 

 

हामीले आधिकारिक सूचना निकाल्न अनुरोध गयौँ । तर, उहाँहरुले बजारमा रकम फसेकाले लिखित सूचना ननिकाली यसैलाई आधिकारिक मान्न आग्रह गर्नुभयो ।’