खुमलटार पुगेरै दिपक मनाङेले भेटे प्रचण्डलाई,यस्तो छ,भेट्टनुको कारण

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशेका मन्त्री दिपक मनाङेबीच भेट भएको छ । प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेट भएको छ ।

 

 

गण्डकीमा गठबन्धन सरकार बनेपनि मन्त्रालय बाँडफाँडमा समस्या देखिएपछि मनाङेलाई प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रचण्डसँगको भेट बारेमा मनाङे आफैले जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा प्रचण्डसँगको तस्वीर सार्वजनिक गर्दै भेट भएको पुष्टि गरे ।

 

 

तस्वीरसँगै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ उल्लेख गरेका छन् ।

 

 

गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङे सहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् ।

 

 

११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।