नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि,थप ४९५४ जना डिस्चार्ज, ४१ को मृत्यु
काठमाडौं। नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २०४ जनाको आरटी–पीसीआर परीक्षण गरिएको छ ।
जसमा पीसीआर परीक्षणबाट ३ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ८१९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ४१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।
यस्तै ४ हजार ९५४ जनाले कोरोना भाइरसलाई जितेका छन्। यो सँगै निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ।