प्रधानमन्त्री ओली नै शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाको ठूलो नाईके :अध्यक्ष गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै प्रधानमन्त्री ओली नै शैक्षिक माफियाको नाईके भएको बताएका छन्।

 

 

त्यस्तै ठूला भनाउदा पार्टीका विद्यार्थी संगठनका नेता नै शैक्षिक माफियाका नाइके भएकाे उनले आराेप लगाएका छन्।

 

 

 शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति एवम् विसङ्गतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण,नि:शुल्क एवम् सर्वसुलभ गराउन निरन्तर सङ्घर्षरत रहेकाे उनले बताएका छन्।

 

 

त्यस्तै नेपाल सरकारका प्रधानमन्त्री स्वयम्ले माफियाहरूकाे नेतृत्व गरिरहेको झापाको बी.एण्ड सी.मेडिकल कलेजकाे अवैध सम्बन्धन दिनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ठाडो आदेश दिनुले पुष्टी गरेकाे उनले बताएका छन्।  

 

 

त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई अनावश्यक आयोगलाइ हस्तक्षेप नगर्न  भन्दै संगठनले जेठ ३० गते ज्ञापनपत्रमा बुझाइएकाे थियाे।

 

 

 

त्यस्तै अखिल (क्रान्तिकारी) ले जेठ २८ गते माइतीघर मण्डलामा केपी ओली सरकारले गरेको राष्ट्रघात र जनघातको विरोध गरेकाे थियाे भने  विद्यार्थीको प्रदर्शनमा प्रहरीले  हस्तक्षेप गरेर धरपकड गर्दा दर्जनौ नेता कार्यकर्ताहरु पक्राउ परेका थिए।  

 

 

त्यस्तै अहिलेको यो सरकारले जनताको स्वास्थ्यको बारेमा जिम्मा लिनु पर्दैन् जनता प्रति जफादेही हुनु पर्दैन राष्ट्रघाती र जनघाती गर्न र माफियाहरूलाइ लुट मचाउन ओली आफै माफियाको नाईके भएकाे गजुरेलले बताएका छन्।  

 

 

त्यस्तै स्वास्थ्य क्षेत्रका केही मेडिकल माफियाहरूलाइ ओलीले यो निषेधाज्ञामा स्वास्थ्य क्षेत्रमा जनतासँग लुट मचाउने योजना गरि विभिन्न वहाना बाजी गरि रहेकाे उनले बताएका छन्।