जातका कारण कोठा नदिएको आरोपमा पक्राउ,परेकी घरबेटी अदालतको आदेशमा थुनामुक्त
काठमाडौं । जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो ।
पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो।