गण्डकी प्रदेशमा कांग्रेसलाई सरकार गठन गर्न सकस,सहमति कार्यान्वयन नभए सपथ नलिने दिपक मनाङेको चेतावनी
काठमाडौं। गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजिव गुरुङ (दिपक मनाङे) कांग्रेस सरकारसँग पनि वार्गेनिङ्गमा उत्रिएका छन् ।भनेजस्तो मन्त्रालय पाउने आशमा विद्रोह गरेर पृथ्वी सुब्वा गुरुङ्गको सरकार ढालेका गुरुङले कांग्रेस सरकारसँग पनि असन्तुष्टि जनाएका छन्।
दिपक मनाङेलाइ युवा तथा खेलकुद मन्त्रीका रुपमा आइतबार सपथ खुवाउने तयारी भईरहेका वेला असन्तुष्टि जनाउँदै सहमति कार्यान्वयन नभए सपथ नलिने धम्की दिएका छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएको शनिवार २३ दिन पुगेको छ । तर पोखरेल नेतृत्वको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन।
गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको हो।
शुक्रबार भएको निर्णयअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने टुङ्गो लागेको थियो।
मन्त्री मनाङ्गेले भने गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका छन्।
त्यस्तै कांग्रेस र माओवादीले गतिछाडा भएकाे उनले बताएका छन् । जसपालाई अर्थसहित दुई वटा मन्त्रालय, मलाई भौतिक मन्त्रालय दिने लिखित र माैखिक सहमति भएकाे त्याे कार्यान्वन नभएसम्म म सपथ खान्न उनले भनेका छन्।
अहिले आएर कार्यान्वयन गर्न आलटाल गरिरहेका छन्। यसरी हुँदैन, सहमति जसरी भए पनि कार्यान्वन गर्नु पर्छ।