एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
काठमाडौं। बिशिष्ट श्रेणी अर्थात सचिवको एक रिक्त पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा ३ जनाको नाम सिफारिस गरेको हो ।
सचिव बढुवाका लागि सिफारिस हुनेमा सहसचिव गणेशप्रसाद पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुष्कर रहेको बढुवा समितिले जनाएको छ ।
अब बस्ने मन्त्रिपरिषद् वैठकले ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । पाण्डेको नाम यसअघि डा मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।
त्यसैले उनको दावेदारी बलियो छ । बुर्लाकोटी र पुष्करको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।