एमालेका दोस्रो तहका नेताहरुले पारे सहमतिको ड्राफ्ट तयार,नेपाल भने अझै सहमत भएनन्
काठमाडौं। नेकपा एमालेलाई एकतावद्ध बनाएर अगाडी बढाउने विषयमा सहमति जुटाउन दोस्रो तहका नेताहरु निरन्तर छलफलमा जुटेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफुले गरेका निर्णयहरु एकपछि अर्को गर्दै बदर गर्दै गएपनि वरिष्ठ नेता माधव नेपाल भने अझै टसको मस भएका छैनन् ।
आज पनि दोस्रो तहका नेताचहरु वार्तामा छन् । दोस्रो तहका नेताहरुले सहमतिका लागि आवश्यक मस्यौदा तयार गरिसकेको स्रोत बताउँछ ।
मस्यौदामा अध्यक्ष ओली सहमत देखिएपनि नेता नेपाल भने अझै सहमत भएका छैनन् । सहमतिको मस्यौदा लिएर घनश्याम भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् ।
उनले अहिले नेपाललाई मनाउने प्रयास गरिरहेको बुझिएको छ । भुसाल कोटेश्वरबाट फर्किएपनि नेताहरु वार्ता हुने बताइन्छ ।
अहिले सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी छन् ।
भुसाल कोटेश्वरबाट नेपालको जवाफ लिएर आउने र त्यसपछि थप प्रक्रिया अगाडी बढाउने तयारीमा नेताहरु जुटेका हुन्।