संघीयता र धर्मनिरपेक्षताको समिक्षा गरौं,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं :महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले दुई कार्यकाल भन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
संघीयता र धर्मनिरपेक्षताको विषयमा समेत समिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने प्रस्ताव समेत गरेका छन् ।शनिबार एमालेको केन्द्रीय कमिटी बैठकमा बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका हुन।
यस्तै उनले पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।
पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न बस्नेतले प्रस्ताव गरेका छन्।