देशभरका यी १५ ठाउँमा सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं। मनसुन सक्रिय भएसँगै वर्षा र बाढी/पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ।

 

 

सडक विभागका अनुसार सोमबार बिहान ७ बजेसम्म १५ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ। यस्तै, ५७ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ।

 

 

विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ। लमजुङमा तीन, सिन्धुपाल्चोक, चितवन र मकवानपुरका दुई/दुई स्थानमा सडक अवरुद्ध छ। रसुवा र तनहुँका एकरएक स्थानमा सडक अवरुद्ध छ।