नेपालमा थप २,६२२ जनामा कोरोना संक्रमण पुष्टि,थप २३ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं ।नेपालमा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ।

 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन् ।

 

 

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

 

 

 

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् ।

 

 

 

यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

कुन जिल्लामा कति थपिए संक्रमित

 

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्र  ५६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।त्यस्तै काठमाडौंमा ३७८, ललितपुरमा १२४ र भक्तपुरमा ६० जनामा संक्रमण पुष्टि भएकाे छ। 

 

 

यस्तै झापामा १८८, मोरङमा १२१, चितवनमा १२०, कास्कीमा ११५ र सुनसरीमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ।

 

मकवानपुरमा ४९, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३८, रुपन्देहीमा ३२, बागलुङमा ३१ र दाङमा २८ जना संक्रमित थपिएका छन् ।

 

 

यसैगरी लमजुङमा २७, गुल्मीमा २४ र नुवाकोट र धादिङमा २३/२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।