एमाले कार्यदल व्युँतियो, आजै सिंहदरबारमा बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको एकता कार्यदल ब्युँतिएको छ । कार्यदलको बैठक आजै बस्ने तयारी भएको छ ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निष्क्रिय भएको थियो । बैठक ६ बजेपछि सिंहदरबारमा सुरु हुने बताइएको छ ।

 

 

गएराति प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका रावलले कार्यदल ब्युँताएर छलफल अगाडी बढाउनुपर्ने बताएका थिए । सोही अनुसार आज कार्यदलको बैठक बस्न लागेको बताइएको छ।

 

 

सोमबार दिनभर कार्यदलका सदस्यहरुबीच भएको छलफलमा कार्यदल ब्युँताउने सहमति भएको हो।

 

 

दोस्रो तहका नेताहरुसितको संवादमा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले सहमतिको खाका ल्याएपछिमात्रै ओलीसँग बैठक बस्न सकिने बताउँदै आएका छन्।