आजदेखि जोर-बिजोर प्रणाली हटाइयो,सबै गाडी चल्न पाउने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोरबिजोर प्रणाली हटाइएको छ।

 

 

यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो।

 

 

गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।