नेपालमा थप २,६३४ जनामा कोरोना संक्रमण पुष्टि,थप १,६६५ जना संक्रमणमुक्त,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं । नेपालमा थप २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो।

 

त्यस्तै पछिल्लो २४ घण्टामा १,६६५ जना काराेना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

 

कुन जिल्लामा कति थपिए संक्रमित

 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०घ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

 

यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४र३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४/१४ जना, दोलखा, दाङ र दैलेखमा १३/१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।