प्यारागन स्कुलमा अभिभावक र सञ्चारकर्मीहरुमाथि भएको आक्रमण र दुव्र्यवहार प्रति घोर भत्सर्ना गर्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष गजुरेलद्धारा प्रेस विज्ञप्ति जारी

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण र दुव्र्यवहार गरेको घटना प्रति घोर भत्सर्ना गर्दछाै विज्ञप्तिमा भनिएकाे छ।  

 

 

त्यस्तै समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार र क्यामेरा तोडफोड गर्नुले शिक्षा क्षेत्रका माफियाहरूकाे अहिलेकाे केपी सरकाले संरक्षण गरेकाे देखिन्छ।

 

 

 याे घटनाप्रति अखिल क्रान्तिकारी घोर भत्सर्ना गर्दछ, आगामी दिनमा यस्ता घटनाहरूलाइ प्राेसान नगरि सरकाले दाेषी माथि कडा भन्दा कडा कारबाही गर्नु पर्छ यदि कारबाही भएन भने संगठनले कारबाही गर्ने चेतावनी दिएकाे छ।

 

 

त्यसैगरी चितवनको राप्ती नगरपालिका वडा नं ३ मा बसोबास गर्ने बी .बी.एस.चौथो वर्षको परीक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात् ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिनुले नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको छ ।

 

 

अखिल क्रान्तिकारी उक्त घटनाको सत्य–तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नसमेत विज्ञप्तिमा अपिल गरिएकाे छ। 

प्रेस विज्ञप्ति-

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति एवम् विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्षरत रहेको कुरा सुस्पष्ट छ।

 

 

 

निजी शैक्षिक र स्वास्थ्य संस्थाहरुले मनोमानी ढङ्गले दिन–प्रतिदिन शुल्क बढाउने काम गरिरहेका छन् भने शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण हाबी हुँदै गइरहेको कुरा पछिल्ला गतिविधिहरुबाट थप प्रष्ट हुन्छ ।

 

 

 

खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरुको हालीमुहाली बढ्दै गइरहेको छ । नेपाल सरकारका प्रधानमन्त्री के.पी. शर्मा ओली स्वयम् आफैं माफिया र दलालहरुको नाइके बनेर गतिविधि सञ्चालन गरिरहेका छन् ।

 

 

 

यही असार २१ गते काठमाडौंको तिलगङ्गास्थित प्यारागन स्कुलमा मनपरी ढङ्गले शुल्क वृद्धि गरेको विषयलाई लिएर छलफलका लागि पुगेका अभिभावकहरुमाथि स्कुल प्रशासनले आक्रमण गरेको र सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार र क्यामेरा तोडफोड गरेको घटनाप्रति हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ ।

 

 

 

अभिभावकहरुले गरेको साहसपूर्ण कदमलाई सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं । उक्त घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं ।

 

 

अन्यथा, शैक्षिक माफिया र दलालहरुलाई अखिल (क्रान्तिकारी)ले नै कारवाही गर्न बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं।

 

 

देशैभरि भएका शैक्षिक संस्थाहरुमा विकृति, विसङ्गति एवम् मनोमानी ढङ्गले शुल्क वृद्धि गर्ने क्रियाकलापप्रति खबरदारी गर्दै सङ्घर्षमा उत्रनसमेत सम्पूर्ण विद्यार्थी, अभिभावकलगायत आम जनसमुदायलाई हार्दिक अपिलसमेत गर्दछौं ।

 

 

नेपालमा दिन–प्रतिदिन बलात्कार, हत्यालगायत महिला हिंसाका घटनाहरु बढिरहेका छन् । छात्राहरु आफ्नै विद्यालयमा समेत असुरक्षित छन् । बच्चादेखि वृद्धा महिलाहरुसमेत हिंसामा परेका छन् ।यसमा सरकार कत्ति पनि जिम्मेवार भएको देखिँदैन ।

 

 

पछिल्लो पटक चितवनको राप्ती नगरपालिका वडा नं. ३ मा बसोबास गर्ने बी.बी.एस. चौथो वर्षको परीक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात् ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिनुले अत्यन्तै मर्माहत बनाएको छ ।

 

 

 

यस घटनामा पनि नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको छ ।

 

 

हाम्रो सङ्गठन उक्त घटनाको सत्य–तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाहीको माग गर्दछ भने पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नसमेत हार्दिक अपिल गर्दछ ।

 

 

आगामी दिनमा महिलाहरुमाथि हुने अपहरण, बलात्कार, हत्यालगायत कुनै पनि घटना देशैभर हुन नदिन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।