अखिल (क्रान्तिकारी)को छात्रा विभागले सुजिता भण्डारी हत्या प्रकरणमा सरकार र सम्बन्धित निकाय गैरजिम्मेवार संयोजक शिलु न्यौपानेद्धारा प्रेस विज्ञप्ति जारी

काठमाडौं।नेकपा क्रान्तिकारी माओवादी निकटअखिल (क्रान्तिकारी)काे छात्रा विभागले चितवनको राप्ती नगरपालिका वडा नं.३ मा बसोबास गर्ने बी.बी.एस. चौथो वर्षको परीक्षा दिएर बसेकी सुजिता भण्डारी ९ दिनसम्म बेपत्ता भएपश्चात् ब्रह्मस्थानी सामुदायिक वनमा मृत भेटिनुले नेपाल सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपन देखिएको विभागले विज्ञप्तिमार्फत जनाएकाे छ ।

 

 

अखिल (क्रान्तिकारी) महिला संयोजक शिलु न्यौपानेले उक्त घटनाको सत्य–तथ्य छानविन गरी छिटोभन्दा छिटो दोषी पत्ता लगाई हदैसम्मको कारवाही  गर्न माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न छात्रा विभागले प्रेस विज्ञप्ति जारी गरेर अपिल गरिएको छ।