पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा विज्ञप्ति जारी
काठमाडौँ ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।
कोभिड – १९ ले सिङ्गो देश नै आक्रान्त बनिरहेको बेला र जनता रोग र भोकबाट ग्रसित भएको अवस्थामा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ।
अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्ति पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएकोले तत्काल मूल्यवृद्धि फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।