पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमाको मूल्यवृद्धि विरुद्ध आज अखिल(क्रान्तिकारी)ले विरोध प्रदर्शन गर्दै

काठमाडौं। नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा आज दिउँसो १ बजे आयल निगमको गेट अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरिने अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।

 

 

 

पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएकोले तत्काल मूल्यवृद्धि फिर्ता गर्न आन्दोलनमा उत्रन हामी बाध्य भएको उनले बताएका छन्।

 

 

 

 

यदि अझै पनि मूल्यवृद्धि फिर्ता भएन भने हाम्रो संगठन चरणवद्ध आन्दोन गर्न बाध्य हुने अध्यक्ष गजुरेलले जानकारी दिएका छन्।  

 

 

 

कोभिड – १९ ले  सिङ्गो देश नै आक्रान्त बनिरहेको बेला ,जनता रोग र भोकबाट ग्रसित भएको अवस्थामा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनु पर्ने हाम्रो संगठनको जोडदार माग रहेको अध्यक्ष गजुरेलले जानकारी दिए। 

 

 

 

 

सम्पूर्ण देशभक्तहरूलाइ यो पटक पटकको मूल्यवृद्धि विरूद्ध हाम्रो संगठनले गरेको आन्दोलनमा सबैलाइ सामेल हुन   अध्यक्ष गजुरेलले आग्रह गरेका छन्।