खुल्यो युनियन लाइफ इन्स्योरेन्सको आइपिओ

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज देखि खुलेको छ।

कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।

जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सिडिएससीको अनलाइन माध्यम मेरो सेयरमार्फत् वा आफ्नो खाता रहेको बैंक शाखाबाट पनि आवेदन भर्न सकिनेछ।