नेपाल पक्षका संयोजक रावल कोटेश्वरबाट फर्केपछि कार्यदल बैठक शुरु

नेकपा एमाले कार्यदलको बैठक आधा घण्टा ढिला शुरु भएको छ । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक बस्न  ढिला भएको हो ।

 

यसअघि बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने भनिएको थियो । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । 

 

सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।