ओली सरकार दलाल-माफियाहरुको संरक्षक हो: अध्यक्ष गजुरेल

ओली सरकार जनताप्रति गैरजिम्मेवार भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले बताएका छन् । उनले सरकार दलाल र माफियाहरुको संरक्षक रहेको आरोप लगाए ।

 

आज आयल निगमको अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष गजुरेलले उक्त आराेप लगाएका हुन् ।

यस्तै अध्यक्ष गजुरेलले महामारिमा सरकारले जनतालाई मारमा पार्ने गरि मूल्यवृद्धि गरेको भन्दै घोर विरोध गरेका थिए । समग्र शिक्षा र स्वास्थ्य पनि दलाल पूँजीपतिहरुको रोहवरमा चलिरहेको उनको आरोप थियो । 

 

अध्यक्ष गजुरेलले भने,’पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएपछि स्व:त सबै कुरामा मुल्यवृद्धि हुन्छ , यस्तो महामारीको समायमा जनताप्रति जिम्मेवार हुनु पर्दैन ? हत्या, बलात्कार अपहरण लगायका हिंसाजन्य गतिविधिलले समाजमा राज गरको छ । शिक्षा, स्वास्थ्यको विषयमा सरकार चुप छ ।’

 

सथै उनले चितवनमा भएको सुजिता भण्डारी हत्याप्रकरणको न्यायको लागि सधै अखिल (क्रान्तिकारी) अगाडि रहेने कुरा व्यक्त गरेका छन् ।