नेकपा एमाले कार्यदलको बैठक साँझ सात बजे बस्ने गरी स्थगित

काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार साँझ सात बजे बस्ने गरी स्थगित गरिएको छ ।

बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताएका छन् । छलफललाई निष्कर्षमा पुर्‍याउन थप तयारी आवश्यक भएको भन्दै उनले भने, ‘७ बजे हामी बस्छौं र भरसक आज यसलाई निष्कर्षमा पुर्‍याउने हाम्रो जोड हुन्छ ।’