सेयर बजार परिसूचक नेप्से २३ अंकले बढ्यो

काठमाडौँ ।  कारोबारमा साताको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २३ अंकले बढेको छ। २३.७ अंकले बढेर परिसूचक २८२४ अंकमा कायम भएको छ।

 

यस दिन ४ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन २२३ कम्पनीको सेयर कारोबार भएको छ। यस दिन बैंकिङ १७, होटल तथा पर्यटन १४, विकास बैंक ८९, जलविद्युत ५२, फाइनान्स ६४, निर्जीवन बीमा ४, उत्पादन २३, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूह ४२ अंकले बढेका छन्।

 

अन्य १२ र ब्यापार समूह २० अंकले घटेका छन्। यस दिन गुहेश्वरी मर्चेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेको छ। त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ६ प्रतिशतले बढेको छ। जोशी हाइड्रो, घलेम्दी हाइड्रो, मल्टिपर्पोज फाइनान्स र सिभिल लघुवित्तको मूल्य ५ प्रतिशतले बढेको छ।

 

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घट्यो। त्योबाहेक घट्ने अरु कम्पनीको मूल्य गिरावट दर २ प्रतिशतभन्दा कममै सीमित रह्यो। कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २१ करोडको सेयर किनबेच हुँदा हिमालयन डिस्टिलरीको १७ करोडको कारोबार भयो। त्यसपछि एनआइसी एसिया बैंक, निफ्रा र माथिल्लो तामाकोसी कारोबारका आधारमा क्रमशः अगाडि रहे।