ओली-नेपाल पक्षका नेताहरुबिचको कार्यदलको बैठक सिंहदरबारमा सुरू
काठमाडौँ । नेकपा एमालेका ओली र नेपाल पक्षका नेताहरुबिचको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बैठकमा सहभागि भएका हुन्। शुक्रबार दिउँसो १ बजेदेखि बैठक जारी छ।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।