प्रधानमन्त्री भोली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।
शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । उक्त क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको थियो । मेलम्ची खोलामा आएको बाढीले ठूलो धनजनको क्षति गर्नुको साथै काठमाडौं आउने मेलम्चीको पानीको मुहानमा पनि क्षति पुर्याउँदा थप २ अर्ब रुपैँया खर्च हुने अनुमान गरिएको छ ।