भोलि (शनिबार) पनि बैंक खुल्ला रहने

काठमाडौं ।भोलि शनिबार पनि राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु खुल्ला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका छन्।

 

 

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो ।

 

 

 

शुक्रबार भने राष्ट बैंकले सूचना निकालेको छैन । यद्यपि चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकले जनाएकाे छ।

 

 

 बैंकर्स संघले पनि शाखा कार्यालयहरुले चेक क्लियरेन्स समेतका केही सेवाका लागि शनिबार बैंक खुल्ला हुने बताएका छन् ।