दाईको हत्या गरेको आरोपमा एक युवक पक्राउ

मोरङ।  मोरङमा आफ्नै दाईको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका, ५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

 

साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

 

घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

 

भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ । त्यसकै केही समयपछि राति साढे ११ बजे ने साजनलाई नियन्त्रणमा लिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।