सिन्धुपाल्चोका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

सिन्धुपाल्चो । शनिबार सिन्धुपाल्चोको बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका प्रधानमन्त्री केपि शर्मा ओलीले बाढीपीडितहरुका लागि प्रतिपरिवार ५० हजार रुपौयाँ राहत दिने बताएका छन् ।

 

उनले उक्त क्षेत्रको अवलोकनपछि कार्यक्रममा बोल्दै सो कुराको घोषणा गरेका हुन् । साथै प्रधानमन्त्री ओलीले सबै विस्थापितहरूलाई पुग्नेगरी १५ सय बण्डल जस्तापाता पनि उपलब्ध गराउने घोषणा गरेको युवा संघका नेता महेश चौलागाईंले जानकारी दिए ।

 

यसै गरी, मेलम्चीमा आयोजित कार्यक्रममा बाढी पहिरो प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ करोड ५० लाख रुपैयाँको चेक गरेका छन् । सो रकम मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गरेको हो ।