नेपाल पक्षका नेताहरु वार्तास्थलबाट किन बाहिरिए,यस्तो छ, कारण

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरु कार्यदल बैठकबाट बाहिरिएका छन् । बैठक नै सुरु नभइ नेताहरु बाहिरिएका हुन् ।

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरू भने सिंहदरबारमै छन्। आन्तरि परामर्श गर्नुपर्ने भएकाले सदस्यहरु बाहिरिएको बताइएको छ ।

 

 

उनीहरू नेता नेपालसँग परामर्श गर्न गएको बुझिएको छ। कार्यदलका दुवैतर्फका सदस्यहरूले केहीबेर अनौपचारिक छलफल गरेका थिए।

 

 

कार्यदलले आज सहमतिको मस्यौदालाई सार्वजनिक गर्ने बताएको छ। शुक्रबारको बैठकमा विवादित विषयमा सहमति भएको नेताहरूले दाबी गरेका थिए।

 

 

 

कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने उनीहरूको छ। एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ।

 

 

 

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।