राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधामनन्त्रीबीच अघि साँझ ५:४५ बजेदेखि छलफल चलिरहेको शीतलनिवास स्रोतले जनाएको छ।

 

 

एमालेभित्रको विवाद समाधानउन्मुख भएको चर्चा र प्रतिनिधि सभा विघटन मुद्दामा फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।