ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले पायो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।