निर्वाचन आयोगले भन्यो, माओवादी केन्द्र वैधानिक

काठमाडौं।माओवादी केन्द्र अवैधानिक रहेको भन्दै परेको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । आइतबार आयोगमा बसेको बैठकले नेकपा माओवादी केन्द्र वैधानिक रहेको भन्दै उक्ता निवेदन खारेज गरेको हो ।

 

 

 

आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको बताएको छ ।

 

 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्रको वैधानिकता कायमै रहेकाले आयोगमा परेको निवेदनमाथि कुनै निर्णय नभएको बताए ।

 

 

 

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए ।

 

 

 

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन दिएका थिए ।

 

 

 

आयोगले उनी अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभएको नदेखिएको भन्दै उनले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ ।