एमालेको कार्यदल बैठकबाट विष्णु पौडेल बाहिरिए,अोलीलाइ भेट्न पुगे बालुवाटार
काठमाडौं। नेकपा एमालेको कार्यदल बैठक अहिले पनि जारी रहेको छ । विहान सवा ९ बजेटबाट सुरु भएको बैठक अहिले पनि जारी रहेको छ । जारी बैठकबाट कार्यदल सदस्य विष्णु पौडेल बाहिरिएका छन् ।
पौडेल निकट स्रोतका अनुसार उनी बैठकस्थलबाट बाहिरिएर सिधै बालुवाटार गएका छन् । बैठकको प्रगति र सहमित जुट्न नसकेको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीसँग कुराकानी गर्न बालुवाटार गएका हुन् ।
पौडेलले भने आफू जरुरी काम परेर निस्किएको र अन्य सदस्यहरु छलफलमै रहेको बताएका छन्।
दिउँसो बैठकको बीचबाटै कार्यदलका सदस्य माधव नेपाल निकट घनश्याम भुसाल बाहिरिएका थिए। बैठकस्थलबाट बाहिरिएपछि उनले बानेश्वरको एक होटलमा नेता नेपालालई बैठकबारे बिफ्रिङ गरेका थिए।