सर्वोच्चको निर्णय स्वागतयोग्य: माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देशबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

 

मृत्युशय्यामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम गरेर अदालतले सकरात्मक निर्णय गरेको उनले बताए ।

 

फैसलाले न्यायपालिकाको मर्यादालाई उचो बनाएको उनले बताए । यसले मुलुकमा राजनीतिक स्थिरता कायम हुने उनले बताए ।

 

नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताए । ‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।