बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

 

 

एमाले स्थायी कमिटी बैठक लगत्तै ओली शितलनिवास पुगेका हुन। ओलीले ७ जेठ मा दोस्रो पटक संसद विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन्।

 

 

 

तर सोमबार सर्वोच्चले संसद ब्यूँताएको छ भने विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।