राष्ट्रिय स्वाधीनता र जनजीविकाका समस्याहरु समाधान गर्न,संघीय जनगणतन्त्र ल्याउन आवश्यक: नेता शर्मा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी ) ३ नं प्रदेशको आयोजनामा गरिएको विरोध प्रदर्शन भव्य रुपमा सम्पन्न गरेको हो ।

 

 

 

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा ३ नंं प्रदेशका इन्चार्ज दिनेश शर्मा सागरले मुलुकमा उत्पन्न संकटको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना अनिवार्य रहेको कुरामा जोड दिनुभयो ।

 

 

 

उहाँले संसदको पुनर्स्थापनाबाट राष्ट्रिय स्वाधीनता, जनअधिकार तथा जनजीविकाका समस्याहरु समाधान नहुने भन्दै ओलीको ठाउँमा देउवा प्रधानमन्त्री बने पनि राष्ट्र र जनसर्वसाधारणलाई कुनशे फरक नपर्ने विचार व्यक्त गर्नुभयो ।

 

 

संसदीय शासकहरुले पटक पटक राष्ट्रघात र जनघात गरेको भन्दै विगतमा जनघात र राष्ट्रघात गर्नेहरुमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नाम पनि अग्रपंक्तिमा रहेको बताउनु भयो । पात्र होइन व्यवस्था फेर्नुपर्नेमा उहाँलेले जोड दिनुभयो ।

 

 

 

विरोध कार्यक्रको सञ्चालन पार्टीका पीवीएम तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका ३ नं प्रदेशका अध्यक्ष पवनमा श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा सरकारले गरेका जनघात र राष्ट्रघातका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।