झण्डै डेढ वर्षपछि गच्छेदार भए अदालतमा हाजिर
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति एवम पूर्वमन्त्री विजयकुमार गच्छदार विषेश अदालतमा हाजिर भएका छन्।
अदालतले म्याद काटेको झण्डै डेढ वर्षपछि गच्छेदार आज अदालतमा हाजिर भएकाले प्रारम्भिक बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।
यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको जनाएको थियो ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।