ओलीले छाडे नारा-जुलुससहित बालुवाटार निवास
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम निर्वतमान प्रधानमन्त्री केपि शर्मा ओली बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएका छन् । मंगरबार शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद ग्रहण गरेपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।
ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् । हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन्।
एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।