काठमाडौं उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्बियो,यी क्षेत्रहरु खुल्ला

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

 

 

पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे सकिएको थियो।

 

 

 

साउन १ गतेदेखि अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

 

 

 

‘हाल जारी निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ,’ उनले भने, ‘लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरिएको छ।

 

 

 

त्रिभुवन विश्वविद्यालयदेखि लोकसेवा आयोगसम्मले परीक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरिसकेको हुँदा लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सिसिएमसीलाई सिफारिस गरिएको हो।

 

 

 

औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने पसलहरूदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पार्ट्स पसल, टेलरिङ, इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामग्रीलगायत पसल तथा व्यवसाय बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

 

 

 

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ।

 

 

 

अनुगमनका क्रममा तोकिएबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको पाइए पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ।नागरिकबाट,